Roshan brilliance

कविता  : छाउपडिका आँशुहरु

म जन्मिँदा मेरा बा'को मन
कोपेको थियो रे
छोरा पाउने अधुरो सपनाले ।

मान्छेकै स्वरुप भएनी
मलाई हेर्ने नजर फेरिए
बाल्दैछन् समाजमा धर्मात्माहरु विभेद्को दियो
जहाँ तेलझैँ थपिन्छन् छोरा पाउने आशाहरु ।

खडेरी लागेको ममता
नसक्दा रहेछन् छोरी भएर
भिजाउन धार्मिक बाँझा बारीहरु
नयाँनयाँ पात्राहरुले
गरेछन् स्वागत नारीको  स्वरुप।

उड्दा उमङ्गको आकाशमा
कोपे हजारौं पिडाको सुइहरुले
बगाउँदै रगत शरीरबाट
मलाई अछुत बनाइ
समाजमा बाल्दैछन् धर्मात्माहरु अछुत दियो
जहाँ तेलझैं थपिन्छन् नारीका पिडाहरु ।

लगियो दुखेको पेटमा
घरभन्दा टाढाको गोठमा
भगवान मानिएका सुर्यले
चुम्छन् मलाई छाउगोठमा
जसलाई छुन डराउँछ्न्
धर्म बोक्ने मान्छेहरु  ।

ए  समाज ! धर्मलाई बोकि
कति दिन्छौ नारीलाई पीडा
समाजमा बाल्दैछन् नारीको रगतमा दियो
जहाँ खोजिन्छ
जवानीमा पाप गरि बुढेसकालमा धर्म ।

©Roshan Timilsina

Comments

Popular posts from this blog

MONDAY NIGHT RO16 PREDICTION

MESSI VS CR7

SYDNEY CBD INTO LOCKDOWN ALONG WITH THREE OTHER LOCAL GOVERNMENTS